Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कार्यकारी अधिकृतहरुलाई स्वागत – Gaule Khabar

कार्यकारी अधिकृतहरुलाई स्वागत

कार्यकारी अधिकृतहरुलाई स्वागत

चितवन ,माघ १२

पुर्वीचितवनको दुईवटा नगरपालिका कार्यालयको प्रमुखहरुलाई आज एक कार्यक्रमका बिच स्वागत गरिएको छ । उद्योग वाणिज्य संघ खैरहनीले खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगाबहादुर भुजेल र राप्ती नगरपालिकाका कार्यकारी अधिकृत सुन्दरप्रसाद श्रेष्ठलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले नगर क्षेत्रको फोहोर तत्काल व्यवस्थापन गर्नुपर्ने ,उद्योग वाणिज्य संघसंग सहकार्य गरेर व्यवसायिक कर लगाउनुपर्ने ,खैरहनी र राप्ती नगरपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा पनि बिकास गर्ने धेरै सम्भावना रहेकाले यश तर्फ नगरपालिकाले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँ नगरपालिकाहरुले नगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको खोजी गरि त्यसको संरक्षण गर्नुपर्ने ,सडक सोलार बत्ति मर्मत गर्नुपर्नेमा नगरपालिकाका कार्यकारी अधिकृतको ध्यानाकर्षण गराउनु भएको थियो ।

राप्ती नगरपालिकाका कार्यकारी अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जनप्रतिनिधिको अभावमा कर्मचारीले नै सबै काम समाल्नुपरेको र यो अति चुनौतीपूर्ण रहेको बताउनुभयो । खैरहनी नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनको लागि फोहोर प्रशोधन केन्द्र शिघ्रनै संचालन गरिने खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगाबहादुर  भुजेलले जानकारी दिनुभयो । उहाँले सार्बजनिक जग्गाको खोजीकार्य सुरु गरिसकिएको भन्दै त्यसको संरक्षण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । स्वागत कार्यक्रममा संघका निवर्तमान अध्यक्ष केशवराज पाठक ,प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा ,द्वितीय उपाध्यक्ष कमलादेवी श्रेष्ठ ,महासचिव शेषकुमारी ओलि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका