Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिता सुरु,पत्रकार खनाल पुरस्कृत – Gaule Khabar

राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिता सुरु,पत्रकार खनाल पुरस्कृत

राष्ट्रपति रनिङ शिल्ड  जिल्लास्तरीय प्रतियोगिता सुरु,पत्रकार खनाल पुरस्कृत

चितवन, माघ १२ –

राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत जिल्लास्तरीय प्रतियोगिता बुधवार देखि चितवनको नारायणगढमा सुरु भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा नारायणगढ स्थित क्याम्पाचौरमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले उद्घाटन गरे । सो अवसरमा वोल्दै प्रमुख अतिथी पुर्व खेलकुद मन्त्री पौडेलले राष्ट्रिय पहिचान,व्यक्तित्व विकाससंगै जीवन निर्वाहको आधार खेलकुद क्षेत्र वन्दै गईरहेको औल्याए ।

खेलकुदले स्वास्थ्यलाई मात्रै होईन् व्यक्तित्वसंगै जीवन निर्वाहमा महत्वपुर्ण भुमिका खेल्छ पुर्व खेलकुद मन्त्री पौडेलले भने राज्यले खेलकुदलाई वढि लगानी गर्न आवश्यक छ । चितवन जिल्ला खेलकुदको हव वन्दै गईरहेको उल्लेख गर्दै उनले यस जिल्लामा लगानी वढाउन सरकारको ध्यानाकर्षण गराए । विद्यालय स्तरमै राम्रो खेल्न सके खेलकुदको माध्यमबाट पनि भविष्य उज्वल रहने पुर्व मन्त्री पौडेलको विश्वास छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल,जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामा,खेलकुद पत्रकार मंच चितवनका महासचिव दिपेन्द्र अधिकारी,जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकाल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा पत्रकार धु्रवराज खनाललाई पुरस्कृत गरिएको थियो ।

पत्रकारीता मार्फत चितवनको खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जिल्ला खेलकुद विकास समितिले नगद १० हजारसहित पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी पुर्व खेलकुद मन्त्री पौडेल र प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक पोखरेलले नगद र कदर पत्रले पुरस्कृत गरे । पुरस्कृत भएका खनाल खेलकुद पत्रकार मंच चितवनका सचिव समेत हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा प्रत्येक वर्ष एक जना खेल क्षेत्रमा कमल चलाउने पत्रकारलाई समितिले सम्मान गर्दै आएको छ । प्रतियोगिताको पहिलो दिन भएको १५०० मिटर छात्र दौडमा जानकी माविका पिताम्वर महतो प्रथम भए । खैरहनी माविका राजन खड्का दोश्रो हुँदा विश्व प्रकास माविका सन्तोष गुरुङ तेश्रो भए । छात्रा १५०० मिटर दौडमा जानकी माविकी भावना महतो प्रथम हुँदा सोही विद्यालयकी दिलकुमार महतो दोश्रो तथा प्रेमवस्ती माविकी रिनु सुनार तेश्रो भएकी जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए ।

एक सय मिटर छात्र दौडमा वीरेन्द्र आर्दश माविका विज्ञान चौधरी,नेपाल माविका भीष्मराज घिमिरे,लक्ष्मी माविका अनिष गुरुङ क्रमश प्रथम,द्धितिय र तृतिय भए । छात्रा एक सय मिटर दौडमा प्यराडाईज एकाडेमीका सजिना लामिछाने प्रथम,भीमोदय माविकी रन्जिता गुरुङ द्धितिय र भीमनगर माविकी कोपिला गुरुङ तृतिय भईन् । बुधवारनै हाईजम्प र लङजम्पका खेलहरु पनि भएका छन् भने दौडका वाँकी खेल र भलिवल र कवड्डीको फाईनल विहीवार हुने समितिका कोषाध्यक्ष आचार्यले जानकारी दिए । प्रतियोगितामा टिम प्रथम हुने टिमले ७५ हजारसहित ट्रफी र द्धितिय हुनेले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । जिल्ला खेलकुद विकास समितिको तर्फबाट प्रथम,द्धितिय र तृतिय हुनेलाई पनि पुरस्कृत गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका