मेसिन भित्रने भएपछि उद्यमी हर्षित

मेसिन भित्रने भएपछि उद्यमी हर्षित

डडेल्धुरा,माघ १२ –

खोला तथा वनपाखामा खेर गई सडेर कुहिएर जाने बिषालु घाँस अल्लो प्रशोधन गरी धागो निकाल्ने मेसिन जिल्लामा भित्रने भएपछि यहाँका उद्यमी आम्दानीको स्रोत बढ्ने भन्दै हर्षित भएका छन् ।

हालै उद्योग मन्त्रालयले सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा अल्लो प्रशोधन गर्ने मेसिन उपलब्ध गराउने भने पछि स्थानीय अल्लो उद्यमी खुसी भएका हुन् । प्रशोधन गर्ने मेसिन राखिने भए पछि जिल्लाको पहिचान अल्लोले गराउने भन्दै स्थानीय उद्यमी खुसी भएका हुन् ।

अल्लोको मौसमअनुसार सदुपयोग भएन भने स्वतः नष्ट भएर जान्छ । उद्योग मन्त्रालयले स्थानीयस्तरमा नै अल्लो प्रशोधन गर्न मेसिन राख्ने निर्णय गरेपछि अल्लो उद्यमीसमेत बढ्ने गाङ्खेत–१ का उद्यमी कुन्तीदेवी थापामगर बताउनुहुन्छ ।

उद्यमीले आफैँ अल्लो काट्ने, सङ्कलन गर्ने, खोलामा भिजाउने, कुट्ने पिट्ने, पकाउने छान्ने सुकाउने र रेसा धागो बनाउने, कच्चा पदार्थ उत्पादन गर्ने कार्य आफै गर्दै आउनुभएको छ । झोला, कोट पाइन्टका कपडा उत्पादन गरी बजारमा बिक्री गर्दै आउनुभएको छ । गत वर्ष तीन क्विन्टल तथा यस वर्ष सात क्विन्टलभन्दा बढी अल्लोको धागो बिक्री गरेको थापामगरले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका