Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हिँउदे मौसममा कर्णाली क्षेत्रमा उडान अनियमित – Gaule Khabar

हिँउदे मौसममा कर्णाली क्षेत्रमा उडान अनियमित

हिँउदे मौसममा कर्णाली क्षेत्रमा उडान अनियमित

दुनै (डोल्पा),माघ १२ –

हिउँदे मौसम सुरु भएसँगै डोल्पा, हुम्ला, जुम्ला, बाजुरालगायत कर्णाली क्षेत्रमा हुने हवाई उडान नियमित हुन सकेका छैनन् ।

नागरिक उडड्यन प्राधिकरणको कार्यालय नेपालगन्जका अनुसार बाक्लो हुस्सुका कारण अन्य महिना भन्दा मङ्सिरदेखि फागुनसम्मको अवधिमा तुलनात्मक रुपमा उडान कमै नियमित हुने गरेका छन् ।

“अघिल्ला वर्षमा भन्दा यस वर्ष कमै हवाई उडान रद्ध भएका छन्, मङ्सिरयता दुई दिन नेपालगन्ज विमानस्थलबाट हुने सम्पूर्ण हवाई उडान ठप्प भए” प्राधिकरणका वरिष्ठ अधिकृत महेन्द्रबहादुर सिंहले भन्नभयो, “विशेष गरेर कर्णालीलगायत पश्चिमी क्षेत्रका अन्य विमानस्थल भन्दा हुम्लाको ‘हिल्सा र डोल्पाको जुफाल’ विमानस्थलमा समस्या हुने गरेको छ ।”

पश्चिमी भेगका विमानस्थलहरुमा बेलुकिसम्म उडान हुने भए पनि हिल्सा र जुफाल विमानस्थलमा थोरै उडान भएपछि त्यहाँका यात्रुलाई धेरै समस्यामा पर्ने गरेको छ । यसको मारमा बिरामी, विद्यार्थी, पर्यटक धेरै पर्ने गरेका छन् ।

“जुफाल विमानस्थलमा धेरै भए एक दिनमा चार वटासम्म मात्र उडान हुने गर्दछ, दिनमा एक दुईवटा उडान मात्र हुने हुँदा यात्रुको चापका कारण हप्ताँै कुरेपछि मात्र जहाज चढन् पाइन्छ” स्थानीय अमरसिंह कठायतले भन्नुभयो ।”

एक दिनमा तिन वटासम्म उडान हुने भए सर्वसाधारणलाई सहज हुने धारणा उनको छ । जुफाल विमानस्थलमा अहिले तारा एयरलाइन्सले मात्र उडान भर्ने गर्दछ ।

हुम्लाको हिल्सा विमानस्थल भने कालोपत्र गरिएकाले त्यहाँ गोमा र सीता एयरलाइन्ससमेत उडान भर्ने गर्दछ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका