Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा जिल्लास्तरीय छनौट प्रतियोगिता भोलीदेखी – Gaule Khabar

चितवनमा जिल्लास्तरीय छनौट प्रतियोगिता भोलीदेखी

चितवनमा जिल्लास्तरीय छनौट प्रतियोगिता भोलीदेखी

चितवन, माघ ११–

नवौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत जिल्लास्तरीय छनौट प्रतियोगिता बुधवार देखि सुरु हुदैछ । प्रतियोगिता सबै तयारी पुरा भएको आयोजक जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ ।

यसअघि चित्रवन नगरपालिकाको प्रस्ताविक क्षेत्रिय रंगशालामा हुने भनिए पनि प्राविधिक कारण पुनः क्याम्पाचौरमै प्रतियोगिता हुन लागेको समितिका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । जिल्ला स्तरको छनौट प्रतियोगिता सदरमुकाम केन्द्रित मात्रै हुदै आएको भनि गुनासो आएपछि चित्रवन नगरपालिकामा प्रतियोगिता गर्ने तयारी थियो । दुई दिन सम्म चल्ने प्रतियोगितामा ५० भन्दा बढि विद्यालय र विद्यार्थीको सहभागीता रहने छ । प्रतियोगितामा टिम प्रथम हुने टिमले नगद ९० हजारसहित ट्रफी तथा द्धितिय हुने टिमले नगद ६२ हजारसहित ट्रफी प्राप्त गर्ने समितिका सचिव रामजी ढकालले जानकारी दिए । प्रथम र द्धितियलाई राष्ट्रिय खेलकुद परिषदका तर्फबाट ७५ र ५० हजार तथा जिल्ला खेलकुद विकास समितिको तर्फबाट १५ र १२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । समितिले तृतिय हुनेलाई नगद ९ हजार पनि प्रदान गर्ने सचिव ढकालले बताए ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, हाईजम्प, लङपम्प, त्रिपल जम्पमा प्रतिस्पर्धा हुनेछ । क्षेत्रीय स्तरका प्रतियोगितबाट प्रथम र द्धितिय भएका विद्यालय तथा विद्यार्थीहरुबीच जिल्लास्तरमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटनका अवसरमा चितवनको खेलकुदको विकासमा पत्रकारीता मार्फत योगदान पुर्याएका एक जना खेलकुद पत्रकारलाई सम्मान समेत गरिने समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका