Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
६ वर्षपछि सार्वजनिक गरे हनी सिंहले पत्नी – Gaule Khabar

६ वर्षपछि सार्वजनिक गरे हनी सिंहले पत्नी

६ वर्षपछि सार्वजनिक गरे हनी सिंहले पत्नी

भारत, माघ ११-

चिनाइरहनु पर्दैन, बलिउडका चर्चित र्‍यापर हुन् हनी सिंह । उनको आवाज, स्टाइल पच्छ्याउनेको संख्या कति छन् कति ।

उनी बिबाहित हुन् । यो कुरा चाहि उनका प्रशंसहरुलाई सायदै हेक्का होला । किनभने आफ्नो बिवाहको सम्बन्धमा उनले कहिल्यै खुलाएनन् । वाल्यकालकी साथी शालिनी तलवारसँग जोडी बाँधेका हनी सिंहले यो सम्बन्धलाई गोप्य राखे ।

हाल उनले सोसल साइटमा पत्नीको फोटो अपलोड गर्दै लेखे, ‘इट्स विन सिक्स इयर नाउ ।’ बिवाहको छैठौं बर्षगाँठको अवसरमा हनी सिंहले आफ्नो बिवाहको पुनःपुष्टि गरेका हुन् । यसअघि गायन सम्वन्धि एक टेलिभिजन रियलिटी शोमा उनले बिवाह गरेको कुरा खुलासा गरेका थिए ।

उनीहरुको बिवाह २०११ जनवरी २३ मा भएको थियो । त्यस समारोहमा उनका नजिकका साथीहरुमात्र सहभागी थिए । बिवाह पछि नै हो, हनी सिंहको गायन करियर उकासिएको । सन् २००५ बाटै करियर सुरु गरेपनि बिवाहअघि उनी चर्चामा थिएनन् ।

बिवाह अस्विकार

हनी सिंहको बिवाह विबादमा रह्यो । २०११ मा पनि उनको बिवाह भएको अपुष्ट खबरले सनसनी मच्याएको थियो । पत्नीसँगको केहि तस्विर भाइरल भएपनि हनी सिंहले त्यसको स्पष्टिकरण दिन जाँगर चलाएनन् । पछि भने बिवाहको कुरा स्विकार गरेनन् ।

त्यसबखत उनले भनेका थिए, फोटोसूटका क्रममा उक्त फोटो खिचिएको हो । तर, अहिले आएर उनको त्यो भनाई झुटो साबित भएको छ ।

हुन त उनले एक टेलिभिजन गायन रियलिटी शोमा आफ्नो बिवाह भएको स्विकारेका थिए । साथै आफ्नी पत्नीलाई प्रशांसकमाझ चिनाइदिए ।

हनी सिंह र शालिनी दिल्लीको गुरु नानक पब्लिक स्कुलमा पढ्ने क्रममै नजिकिएका थिए । पछि त्यो प्रेममा बद्लियो । स्कुलको पढाई सकेर हनी संगीतमा डिग्री लिन लन्डन गए । त्यहाँबाट फर्केपछि शालिनीसँग बिवाह गरेका थिए । – एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका