Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीले काँग्रेस र मोर्चाका नेतालाई बालुवाटार बोलाए – Gaule Khabar

प्रधानमन्त्रीले काँग्रेस र मोर्चाका नेतालाई बालुवाटार बोलाए

प्रधानमन्त्रीले काँग्रेस र मोर्चाका नेतालाई बालुवाटार बोलाए

काठमान्डौं, माघ ११-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मधेसी मोर्चासहित सत्ता साझेदार दलहरुसँग छलफल गर्ने भएका छन्। छलफलका लागि काँग्रेस र मधेसी मोर्चाका नेताहरुलाई अपराह्न ४ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

बैठकमा संसदमा पेश भइसकेको संविधान संशोधन प्रस्ताव र स्थानीय निकायको निर्वाचनबारे छलफल हुनेछ। संशोधन प्रस्तावलाई अघि नबढाएर सरकार चुनावकेन्द्रित भएको भन्दै मोर्चा असन्तुष्ट बनेको छ। संविधान संशोधन नभई चुनाव हुन नदिने उसको चेतावनी छ। संशोधन विधेयकलाई सरकारले प्रतिपक्षीको विरोधका बाबजुद् संसदमा पेश गरेको थियो। त्यसयता विधेयक बैठकको कार्यसूचीमै नपर्दा यसमाथि सैद्धान्तिक छलफल सुरु हुन सकेको छैन। यसबीचमा प्रमुख तीन दलले छिट्टै स्थानीय निकायको चुनाव घोषणा गर्ने सैद्धान्तिक सहमति गरेका छन्। जसका कारण संशोधन प्रस्तावको भविष्य के हुने भन्ने अन्यौल बढेको छ। तर, प्रधानमन्त्रीले भने चुनाव घोषणा गरिसकेपछि पनि संशोधन विधेयकलाई अघि बढाउने बताउँदै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका