Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न सरकारलाई मधेसी मोर्चाको दबाव – Gaule Khabar

संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न सरकारलाई मधेसी मोर्चाको दबाव

संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न सरकारलाई मधेसी मोर्चाको दबाव

काठमान्डौं, माघ ११-

मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराहृन ४ बजे कांग्रेस, माओवादी र मधेसी मोचर्ँको बैठक बोलाएका छन् ।

मधेसी मोर्चाका नेताहरुले छिट्टै स्थानीय चुनावको मिति घोषणा गर्ने तीन दलको सहमतिबारे प्रधानमन्त्रीको आधिकारिक धारणा माग्ने तयारी गरेका छन् ।प्रधानमन्त्रीले भने राष्ट्रियसभाको निर्वाचक मण्डलबाट गाउँपालिका र नगरकालिकाका प्रमुख उपप्रमुखको भोटिङ राइट हटाएर स्थानीय चुनावमा जाने प्रस्ताव गरेका छन् । यसका लागि पनि संविधान संशोधन हुन जरुरी छ । एमालेले यसबारे धारणा सार्वजनिक गरेको छैन । आजको बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका