Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जर्मनी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत गर्न इच्छुक – Gaule Khabar

जर्मनी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत गर्न इच्छुक

जर्मनी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत गर्न इच्छुक

काठमाडौँ, माघ १०-

जर्मनीले मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत एवम् पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा चासो देखाएको छ ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई नेपालका लागि जर्मनेली राजदूत माथिया मेयेरले आज भेटी जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्न जर्मनेली सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । राजदूतले जर्मनी नेपालको व्यापार, पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोगका लागि इच्छुक रहेको पनि बताउनुभयो ।

नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी, कृषि र पर्यटनका क्षेत्रबाट लाभ हासिल गरी दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो । वाणिज्यमन्त्री थकालीले संविधान निर्माणपछि नेपालले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधारका क्षेत्रमा काम गरिरहेको बताउनुभएको थियो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका