WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BESl4AR4zmT4K5o/LX.eV09uf40ffu1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-20 23:10:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १०–
एक महिना पहिले टिजर रिलिज गर्दै प्रचार सुरु गरेको फिल्म ‘यो साइनो मायाको’ प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म आगामी चैत्र ४ गते रिलिज गरिने निर्माण टिमले जनाएको छ । काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा एफडी कम्पनिले यो फिल्मलाई वितरणको जिम्मा लिएको छ ।
यसैबीच अरुणकुमार प्रधान निर्देशित फिल्मको ‘लिरिकल’ भिडियो समेत युट्युवमा रिलिज गरिएको छ । ‘अमर रहोस..’ बोलको प्रेमभाव बोल्ने गीतमा फिल्ममा केहि स्थिर दृश्यहरु समावेश छन् । सुमधुर बोलको गीत युवापुस्तामा लक्षित छ ।
सार्वजनिक गीतमा संगीत कुन्दन थापाको छ भने स्वर मनिषा पोखरेल र कोशिश क्षेत्रीले दिएका छन् । रामकुमार श्रेष्ठ निर्माता रहेको फिल्मलाइ बाबुराम नेपालीले खिचेका हुन् । फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बा अभिनयमा छन् ।