Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुनिता गुरुङ मृत्यु प्रकरणः पीडित पक्षले चित्त बुझ्दो जवाफ पाएनन्, छानविन प्रतिबेदन खोई ? – Gaule Khabar

सुनिता गुरुङ मृत्यु प्रकरणः पीडित पक्षले चित्त बुझ्दो जवाफ पाएनन्, छानविन प्रतिबेदन खोई ?

सुनिता गुरुङ मृत्यु प्रकरणः पीडित पक्षले चित्त बुझ्दो जवाफ पाएनन्, छानविन प्रतिबेदन खोई ?

सन्तकुमार चौधरी, चितवन, माघ १०–

गर्भवती महिला सुनिता गुरुङको मृत्युको विषयमा छानविन गर्न गठन भएको समितिलाई पीडित पक्षले प्रतिवेदन सार्वजनिक हुन नसक्नुको कारण माग गरेका छन् । मृतक गुरुङका श्रीमान्सहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर प्रतिवेदन सार्वजनिक हुन नसक्नुको कारण बारे जानकारी मागेका हुन् । चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएकी गर्भवती महिला सुनिताको विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्य रहनेगरी छानविन समिति गठन गरेको थियो । समितिले एकसाता भित्र घटनाको विषयमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भनिएको थियो । तर घटना भएको ५० दिन पुग्दापनि सुनिता गुरुङको मृत्युको विषयमा प्रतिवेदन सार्वजनिक नभएपछि कारण बुझ्न टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अब शुक्रबार मात्रै प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिनुभयो । छानविन समितिले नै प्रतिवेदन बुझाउन ढिलाई गरेका कारण निर्धारित समयमा सार्वजनिक गर्न नसकिएको बताउनुभयो । “विषय संवेदनशिल भएका कारण अध्ययन गर्न समय लागेकाले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको हो”– उहाँले भन्नुभयो– “यो विषयलाई नकारात्मक नलिनुहोला ।” तर छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले आफूले प्रतिवेदन बुझाई सकेको दावी गर्नुभयो । नारायणी अनलाईनसंग कुरागर्दै सहायक प्रजिअ सुवेदीले भन्नुभयो–“मैले पुस १४ गते नै प्रतिवेदन बुझाई सकेको हुँ, अब किन ढिलो भयो मलाई थाहा भएन ।” उहाँले आफ्नो जिम्मेवारी पुरा गरि सकेकोले थप बोल्न नमिल्ने बताउनुभयो । उहाँले पुस ४ गते भित्रमा प्रतिवेदन बुझाउन समय पाएपनि काम सकाउन नसक्दा पुस १४ गते प्रतिवेदन बुझाएको बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष पदम गुरुङले सुनिता गुरुङको घटना प्रति प्रशासनले गम्भिरता नदेखाएको गुनासो गर्नुभयो । चितवन भरतपुर नगरपालिका वडा नं. ७ कृष्णपुर बस्ने २५ वर्षकी सुनिता गुरुङ सुरक्षित तरिकाले सुत्केरी हुन चितवन मेडिकल कलेज पुग्नुभएको थियो । उपचारको क्रममा मंसिर २० गते उहाँको मृत्युभएको हो । मृतकका परिवारले चिकित्सक अस्पतालको लापरवाहीका कारण गुरुङको मृत्युभएको आरोप लगाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका