Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लोकमानलाई कालोमोसो दल्नेहरु सम्मानित – Gaule Khabar

लोकमानलाई कालोमोसो दल्नेहरु सम्मानित

लोकमानलाई कालोमोसो दल्नेहरु सम्मानित

काठमाडौ,माघ १०-

नेकपा माओवादी पार्टीका महासचिव नेत्रविक्रम चन्दले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई सम्मान गरेको छ।lokman12345

लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतको पेशी कक्षभित्रै कालोमोसो दल्ने प्रयास गरेका विप्लब माओवादीका दुईजना कार्यकर्ता ०७३ माघ ७ मा रिहा भए ।कालोमोसो दलेपछि अदालत परिसरबाटै पक्राउ परेका प्रकाश शाही र चन्द्र बुढालाई प्रशासनले अवहेलना मु्द्दा लगाए एक महिनाको जेल सजाय सुनाएको थियो ।

उनीहरु रिहाई भएपछि फुलमाला र अभिर लगाएर स्वागत गरियो ।कार्यक्रममा बोल्दै पार्टीका महासचिव नेत्र विक्रम चन्दले भ्रष्टलाई कारबाही गरेकोले सम्मान गरिएको स्पष्ट पारे। उनले भ्रष्टलाई कारबाही गर्नेहरुलाई सरकारले सम्मानको साटो कारबाही गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै माओवादीले चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरेको हो।

बुढा, शाही र गौतमले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई गत पुस ७ गते सर्वोच्च अदालतको परिसरमै कालोमोसो दलेका थिए ।कार्कीलाई कालोमोसो दल्ने बुढा, शाही र गौतम तीनै जनालाई एक महिना हिरासतमा राखिएको थियो।महासचिव चन्दले जनता विरोधी सरकारले भ्रष्टहरुलाई मात्रै सम्मान गर्ने गरेको जिकीर पनि गरे।

कार्यक्रममा बोल्दै महासचिव चन्दले सरकारविरुद्ध सशस्त्र संघर्ष गर्ने चेतावनीसमेत दिए। सरकार जनताविरुद्ध रहेकाले फागुन १ गतेबाट सशस्त्र संघर्षको सुरुवात गर्ने चेतावनी दिएका हुन्। महासचिव चन्दले सरकार दलालहरुसँग मिलेर भोजभतेर गर्न लागेकाले त्यसको विरुद्धमा काठमाडौंबाटै सशस्त्र संघर्षको थालनी गर्न लागिएको पनि जिकीर गरे।

महासचिव चन्दले अब सशस्त्र संघर्षको सुरुवात काठमाडौं र रोल्पाबाट गर्ने उदघोष पनि गरे। उनले सरकार भारतीय इशारामा चलेको भन्दै आक्रोश समेत व्यक्त गरे।तत्कालीन अख्तियार प्रमुख कार्कीलाई कालोमोसो दल्ने बुढा, शाही र गौतम नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका