भारत,माघ ९ –
आमिर खानलाई ‘दंगल’ को सफलतामाथि यति विश्वास थियो कि उनले बिना पारिश्रमिक काम गर्न राजी भए । चलचित्रको मुनाफामा उनको ८० प्रतिशत हिस्सा हुने बताइएको छ । कुनै अन्य हिरो भएका भए ठूलो रकम लिएर हिँड्ने थिए उनीहरूलाई चलचित्रको सफलता र असफलतासँगै कुनै मतलब नै हुने थिएन ।
के हुने थियो । यदि ‘दंगल’ असफल भएको भए रु आमिरलाई केही पनि हात लाग्ने थिएन । तर, यी पर्फेक्सनिस्ट खानले चलचित्र उद्योगमा यति लामो समय त्यतिकै बिताएनन् । उनलाई धेरै अनुभव छ । र, चलचित्रको चयनमा उनीसँग कोही प्रतिस्पर्धी छैन । ‘दंगल’ को सफलतालाई उनले पहिले नै अनुमान गरिसकेका थिए ।
चलचित्र प्रचार र प्रिन्ट्ससहितलाई ७० करोड पर्यो । संगीत, स्याटेलाइट र अन्य अधिकारको सट्टा १०५ करोड रुपैयाँ चलचित्र रिलिज हुनुभन्दा अगाडि नै प्राप्त भयो । यदि चलचित्र ४०० करोडसम्म नपुगेको भए पनि लाइफ टाइम बिजनेस भारतबाट ३९० करोड रुपैयाँ हुन्थ्यो ।
यसमा १९५ करोड रुपैयाँ निर्माताको खातामा जान्थ्यो । यसको असी प्रतिशत अर्थात १५६ करोड रुपैयाँ आमिरले पाउँथे । चलचित्रको अधिकार बिक्रीबाट कुल १०५ करोड प्राप्त भयो । जसमा ८० प्रतिशत ८४ करोड रुपैयाँ आमिरको भयो । यसरी आमिरले एकै ‘सट’ ९चलचित्र० मा २४० करोड कमाए ।
एकै झट्कामा आमिरले यति रकम लिएर हिँडेकी जुन रकम अन्य स्टारलाई केही चलचित्रमा काम गर्दा समेत पाउन गाह्रो हुन्छ । – वेबदुनियाँ