Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिरामी र कुरुवाले बीपी प्रतिष्ठानमै गरे आत्महत्या – Gaule Khabar

बिरामी र कुरुवाले बीपी प्रतिष्ठानमै गरे आत्महत्या

बिरामी र कुरुवाले बीपी प्रतिष्ठानमै गरे आत्महत्या

काठमान्डौ,माघ ९-

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी कुरुवा र एक बिरामीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइली र मोरङको सिजुवा-१ घरभई प्रतिष्ठानकै सामान्य प्रशासनका कर्मचारी रहेका ५३ वर्षीय गंगा भट्टराई रहेका छन् । प्रतिष्ठानस्थित प्रहरी पोष्टका इन्चार्ज तिलक गिरीका अनुसार भट्टराई घाँटीको क्यान्सर रोगी थिए । बराईली आफ्नो आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए । उनीहरु दुवैको आइतबार विहान नै पोष्टमार्टम भइसकेको छ ।

भट्टराई लामो समयदेखि क्यान्सरबाट पीडित भएका थिए । उनले भारतको विभिन्न अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा पनि उपचार गरिरहेका थिए । तीनदिन अघिमात्र प्रतिष्ठानको पेइङ वार्डमा भर्ना भएका भट्टराई आइतबार बिहान साढे तीन बजे पेइङ वार्डको विल्डीङको झ्यालबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी इन्चार्ज गिरीले भट्टराई कुरुवा रहेका आफन्तलाई उद्धृत गर्दै भने, ‘राति १ बजेसम्म शैश्यामै थिए । बिहान ३ बजे ब्यूँझेर हेर्दा शैय्यामा भट्टराईलाई नदेखेपछि खोजी गर्दा एक तलामाथि चढेर झ्यालबाट हाम्फालेर भुइँमा सलाइन पानीसँगै मृत अवस्थामा फेला परेका थिए ।’ प्रहरी र आफन्तले क्यान्सरको पीडा सहन नसकेर आत्महत्या गरेको अनुमान गरेका छन् ।

प्रतिष्ठानभित्रै भट्टराई भन्दा करिब ५ घण्टाअघि आत्महत्या गरेका बराइली भने स्तन क्यान्सर पीडित आमाको कुरुवा बसेका थिए । सर्जरी वार्डमा आमासँगै कुरुवा बसेका बराइलीले शनिबार राति साढे १० बजे आत्महत्या गरेका थिए । उनी प्रतिष्ठानको सर्जरी वार्ड २ नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको भर्‍याङ्ग डोरीको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका