Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मङ्गलबारदेखि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन – Gaule Khabar

मङ्गलबारदेखि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन

मङ्गलबारदेखि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन

काठमाडौँ,माघ ९ –

प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँँ जनसार्क सम्मेलन’ यही माघ ११ र १२ गते यहाँ गर्ने भएको छ ।

नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ । कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा स्पेन, क्यानडा, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, चीन र जापानका प्रतिनिधि पनि रहनुहुने छ ।

प्रकृति मानव केन्द्रित जनआन्दोलन नेपाल शाखाका अध्यक्ष दीनदया रिजालले जलवायु परिवर्तनका असरले पृथ्वीको तापक्रममा भएको वृद्धि तथा अहिले विभिन्न हिमालमा हिउँ जम्ने तथा पग्लने क्रम घट्दै गइरहेको बताउँदै यसले आगामी दिनमा मानव स्वास्थ्य र वातावरणमा नराम्रो असर पार्ने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण, त्यसले सार्क क्षेत्रलाई पारेको असरका साथै न्यूनीकरणका उपायका बारेमा पनि सम्मेलनमा छलफल गरिने जानकारी दिनुभयो । सम्मेलनमा विश्व शान्तिका लागि हतियार उत्पादन गर्ने राष्ट्रलाई निःशस्त्रीकरण गर्नसमेत दबाब दिइने बताइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका