Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रियता र मुलुकको समृद्धिमा एमाले स्पष्ट र धारिलो – सीपी गजुरेल – Gaule Khabar

राष्ट्रियता र मुलुकको समृद्धिमा एमाले स्पष्ट र धारिलो – सीपी गजुरेल

राष्ट्रियता र मुलुकको समृद्धिमा एमाले स्पष्ट र धारिलो  – सीपी गजुरेल

बर्दिवास, माघ  ७ 

नेकपा क्रान्तिकारी माओवादी का नेता सीपी गजुरेलले राष्टियता र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो देखिएको  टिप्पणी गरेका छन् ।

बिहीबार साँझ नेकपा क्रान्तिकारी माओवादी को मिथिला प्रदेश ब्युरो कमिटीले बर्दिवासमा आयोजना गरेको सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै नेता गजुरेलले सो टिप्पणी गरेका हुन् ।

नाम कम्युनिष्ट पार्टी नै राखिएको भएपनि नेकपा माओवादी केन्द्र अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ । कम्युनिष्ट पार्टी गठन र सञ्चालन एबम् सैद्धान्तिक सवालमा प्रचण्ड गिर्दै गएको भन्दै उनले भने– बरु नेपाली राष्ट्रियताको सवाल र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो छ । देश संकटमा परेको बेला देशका एजेण्डा बोकेर हिड्न नसक्ने पार्टी के पार्टी हो ? उनको तर्क थियो – नेता भएपछि देश कता जादैछ भन्ने सुजबुझ चाहिन्छ ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकाले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताए ।

मिथिला प्रदेशका इन्चार्ज कृष्णदेव सिंह दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर क्षेत्रका चर्चित साहित्यकार रोशन जनकपुरीसहितका केन्द्रीय नेताले तीनमहिने सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालन अभियानसम्बन्धी कार्यबिधिबारे जानकारी गराइएको थियो ।

आफ्नो सबैकुरा भुलेर हिडेको प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र सँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका