बारा, माघ ८ –
नेपाल मत्स्य व्यवसायी संघ बाराले तीनदिने मत्स्य तथा कृषि महोत्सवको आयोजना गर्ने भएको छ ।
शनिबार कलैयामा पत्रकार सम्मेलन गरी संघले माघ २७ देखि २९ गतेसम्म मत्स्य महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।
विदेशबाट माछा आयातलाई प्रतिस्थापित गरी स्वदेशी माछा उत्पादन बढाउने र त्यसबारे जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।