Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्थानीय निर्वाचनपछि सरकार परिवर्तनः सभापति देउवा – Gaule Khabar

स्थानीय निर्वाचनपछि सरकार परिवर्तनः सभापति देउवा

स्थानीय निर्वाचनपछि सरकार परिवर्तनः सभापति देउवा

चितवन, माघ ७–

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन पश्चात सरकार परिवर्तन हुने बताउनुभएको छ ।
प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चैतमा नै सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो । संसदमा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने भन्दै उहाँले मुलुक निर्वाचनतर्फ धकेलिएको बताउनुभयो । निर्वाचन विधयक पारित गर्न ढिलाई भएकाले निर्वाचन समेत ढिलो भएको उहाँको भनाई थियो । पत्रकारको एक प्रश्नमा सभापति देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने विश्वास व्यक्त गर्नुभयो । आजको एक वर्षमा तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै उहाँले संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो । एक वर्षभित्रमा तीन तहको निर्वाचन गर्न नसके लोकतन्त्र संकटमा पर्ने उहा“को भनाई छ । मधेशी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेश गरिएको भन्दै उहा“ले सबैका मागलाई सम्बोधन गर्न नसके संविधान कार्यान्वयन जटिल बन्ने बताउनुभयो । संविधान संशोधनस“गै सबै नेपालीका मागलाई संविधानले सम्बोधन गर्ने भन्दै उहा“ले तीन तहको निर्वाचनस“गै राष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो । सरकारले मन्त्रीमण्डल विस्तार पूर्व सहमति अनुरुप नै भएको सभापति देउवाले बताउनुभयो । अहिले नया“ नया“ निर्णय होइन, पहिलेको सहमति अनुसार ढिलो गरी काम भएको देउवाको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका