Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चोचीका चित्रकलामा रङको खेल – Gaule Khabar

चोचीका चित्रकलामा रङको खेल

चोचीका चित्रकलामा रङको खेल

काठमाडौँ, माघ ७ –

युवा चित्रकार नवीन थापा मगर रङका माध्यमबाट मानिसका अन्तरहृदय अभिव्यक्त गरिरहेका छन् ।
यही माघ ३ गतेदेखि नेपाल कला परिषद्मा ‘इनर स्पेस’९आन्तरिक हृदय०शीर्षकमा प्रदर्शन गरिएको उनका अमूर्त चित्रले रहस्यवाद, अस्तित्ववाद, उत्तरआधुनिकता, ज्ञानको खोजी, मानिसको विवेक, र सांसारिक जञ्जालमा फस्नुपर्ने बाध्यता देखाउन खोजेका छन् ।
ओशोका अनुयायी उनी कतै आर्यअष्टाङ्गिक मार्ग देखाइरहेका हुन्छन् भने कतै महर्षि योगीको भावातीत ध्यान । प्रायः सबै चित्रमा उनी रङ र रेखासँग खेलेका छन् । दर्शकले तिनैबाट चित्रको भाव बुझ्नुपर्ने हुन्छ । “मैले मानिसको अन्तरस्वरुपलाई वैज्ञानिक ढङ्गबाट प्रस्तुत गर्न खोजेको छु” उहाँले भन्नुभयो । ओशो पढेपछि चित्रकलामा लागेका उनी ओशोका प्रेम, ध्यान, स्वतन्त्रता, स्वाधीनता र व्यक्तिवादिताको सिद्धान्तलाई पनि चित्रकलामा समाविष्ट गर्छन् । उज्यालो–अँध्यारो, स्त्री–पुरुष, कालो–सेतो जस्ता जीवनका दुई पक्षलाई उनी अपरिहार्य विषय मान्छन् ।
चित्रकलामा लागेर उनले धेरै सामूहिक प्रदर्शनीमा भाग लिए पनि यो नै पहिलो एकल प्रदर्शनी हो । “जीवन एक प्रकिया हो, जे परिस्थिति आउँछ, त्यही गर्छु, मभित्रको ऊर्जालाई पोख्न मैले चित्रकारिता रोजेको हुँ”उनले भने ।
संसार एक रहेको र त्यो रहस्यमय रहेको उनको भनाइ छ । तर उनी धन देख्दा महादेवका तीन नेत्र बले झैँ आजको संसारको यथार्थ पनि यसैमा देख्छन् । समाजको गरिबीसँगै आर्थिक उन्नतिको वकालत पनि उनले गरेका छन् । क्यानभासमा तैलरङ, जलरङ र एक्रेलिक उनका चित्रका माध्यम हुन् । चित्रमा कतै कोलाज भेटिन्छ भने कतै एकै विषय ।
रु २५ हजारदेखि रु एक लाखसम्ममा बिक्रीमा राखिएका ४१ चित्र प्रदर्शनीको सुरुआत उनले औपचारिक रुपमा नगरी थपक्क भित्तामा चित्रमा राखी गरे । आत्मविश्वासी, स्वतन्त्र र आफ्ना मालिक आफैँ ‘चोची’ रङमा खेल्ने र रङको सङ्गति गर्न रुचाउँछन् । त्यसैले उनका चित्रमा सबै रङको प्रयोग भएको देखिन्छ । प्रदर्शनी यही माघ ९ गतेसम्म चल्ने छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका