Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवनियुक्त मन्त्रीद्वयको शपथ – Gaule Khabar

नवनियुक्त मन्त्रीद्वयको शपथ

नवनियुक्त मन्त्रीद्वयको शपथ

काठमाडौँ,माघ ६ –

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उहाँहरुलाई शपथ ग्रहण गराइएको हो ।

प्रधानमन्त्री दाहालले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिनुभएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।

नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य हुनुभएको हो । सिंह यसअघि पनि मन्त्री भइसक्नुभएको थियो भने खड्का मन्त्रिपरिषद्मा नयाँ हुनुहुन्छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका