Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रेमीसँग भागेको भन्दै छोरीलाई जिउँदै जलाउने आमालाई मृत्युदण्ड – Gaule Khabar

प्रेमीसँग भागेको भन्दै छोरीलाई जिउँदै जलाउने आमालाई मृत्युदण्ड

प्रेमीसँग भागेको भन्दै छोरीलाई जिउँदै जलाउने आमालाई मृत्युदण्ड

इस्लामाबाद,माघ ५-

आफ्नो छोरीलाई जिउँदै जलाएको आरोपमा पाकिस्तानमा एक महिलालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

प्रविन बिबीले लाहोरमा रहेको अदालतमा ‘आफ्नो छोरीले परिवारको साख गिराएको’ भन्दै उनलाई जलाएको स्वीकार गरेको प्रहरी प्रवक्ता नबिला घजानाफरले सिएनएनलाई बताइन् ।

प्रविनका छोरा अहमर रफिकलाई अपराधमा संलग्न रहेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।सन् २०१६ को जुनमा १८ वर्षीय जिनत रफिकलाई उनको आमा र दाजु मिलेर आगो लगाई हत्या गरेका थिए । उनमाथि परिवारको मर्जीविपरित युवकसँग प्रेम गरेर भागेको आरोप लगाइएको थियो ।

जिनत आफ्नो पतिसँग एक महिना बसेपछि लाहोरस्थित आफ्नो घरमा आमासँग भेट्न र सम्झाउन फर्किएकी थिइन् ।


तर, उनी घर पुग्ने बित्तिकै उनको आमा र दाजुले कुटपिट गर्दै खाटमा बाँधेर पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।


प्रविनले प्रहरीसमक्ष आत्मसमर्पण गरे पनि आफ्नो कार्यप्रति कुनै पश्चताप नभएको बताएकी थिइन् ।गत अक्टोबरदेखि यस्तो ‘अनर किलिङ’ बारे नयाँ कानुन लागु भएको छ । जस अन्तरगत प्रविन वा उनको छोरा माफीका लागि योग्य हुनेछैनन् ।परिवारका सदस्यले माफी दिए पनि उनीहरुले पूरै सजाय भोग्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका