Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महोत्सवमा चटपट बिक्री गरेर बिपन्न बालबालिकालाई सहयोग – Gaule Khabar

महोत्सवमा चटपट बिक्री गरेर बिपन्न बालबालिकालाई सहयोग

महोत्सवमा चटपट बिक्री गरेर बिपन्न बालबालिकालाई सहयोग

चितवन, माघ ४-

पूर्वी चितवनको खैरहनीमा रहेको ग्रेट एफएम १०६.४ मेगाहर्जले खैरहनीमा जारी खिचरा महोत्सवमा गरिब तथा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्न चटपट विक्री गरिरहेको छ ।

खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति छात्राबृत्ती अक्षयकोषलाई आर्थिक सहयोग गर्न सो रेडियोले महोत्सवमा पानी पुरी र चटपट विक्री गरेको हो । पुस २८ देखि सुरु भएको खिचरा महोत्ुवको दोस्रो दिन देखि रेडियोले चटपट विक्री गर्न थालेको हो । चटपट विक्रीबाट भएको आम्दानी अक्षयकोषलाई सहयोग गर्ने उद्धेश्य रहेको रेडियोका प्रबन्ध निर्देशक अनिल कुँवरले भने खैरहनीमा स्थापित अक्षयकोष यस क्षेत्रकै गौरबको विषय बनेको छ,चटपट विक्रीबाट भएको सबै आम्दानी अक्षयकोलाई दिन्छौं ।

उनले चटपट र पानी पुरी बनाउन आवश्यक पर्ने सामाग्री खरिदको पैसा नकटाई अक्षयकोषलाई सहयोग गर्ने जानकारी दिए । रेडियोले सामाजिक उत्तरदायित्व बहन गर्दै एम मात्र उद्धेश्य राखेर महोत्सवमा चटपट पसल सञ्चालन गरेको प्रबन्ध निर्देशकल कुँवरले बताए । महोत्सवमा चटपट विक्रीकै लागि रेडियोका सबै कर्मचारी सक्रिय भएर लागेका छन ।

रेडियोका १० जना कर्मचारी र बाहिरका तीन जना गरी १३ जनाले दैनिक चटपट बनाएर विक्री गरेको बताए । चार दिनमा चटपट विक्रीबाट ५० हजार आम्दानी भईसकेको उनले जानकारी दिए । हामीले अपेक्षा गरे अनुसार नै चटपट विक्री भईरहेको छ उनले भने हाम्रो उद्धेश्य थाहापाएपछि सबै चटपट किनेर खान आतुर हुने गरेका छन् । महोत्सव अबधि भर चटपट विक्रीबाट करिब ७५ हजार आम्दानी गरेर रेडियोको चौथो बार्षिक उत्सवमा अक्षयकोषका अध्यक्ष मुरली प्रसाद गजुरेललाई हस्तान्तरण गरिने छ । अक्षयकोषमा अहिले सम्म ४९ लाख भन्दा बढि संकलन भईसकेको अध्यक्ष गजुरेलले बताए । यस बर्ष मात्र अक्षयकोषले ९९ जना गरिब तथा असहाय विद्यार्थीहरुलाई ३ लाख २७ हजार छात्राबृत्ती दिने निर्णय गरेको छ ।

यस भन्दै अधि अक्षयकोषले २५६ जना विद्यार्थीलाई ५ लाख ५६ हजार छात्रबृत्ती दिईसकेको अध्यक्ष गजुरेलले बताए । अक्षयकोषले बैंकमा राखिएको रकमको व्याजबाट छात्राबृत्ती वितरण गरेको हो । एक करोड संकलन गर्ने महत्वकाँक्षी योजना सहित अध्यक्ष अजुरेलको एक्लो प्रयासमा अक्षयकोष स्थापना गरिएको हो । चटपट विक्री भएको रकम सहयोग गर्दा अक्षयकोषमा ५० लाख पुग्ने गरी सहयोग गर्ने योजना रहेको प्रबन्ध निर्देशक कुँवरेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका