Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
खिचरा महोत्सवमा माण्डवीलाई मात लाग्यो – Gaule Khabar

खिचरा महोत्सवमा माण्डवीलाई मात लाग्यो

खिचरा महोत्सवमा माण्डवीलाई मात लाग्यो

बिकास पौडेल
चितवन ,माघ ३
पूर्वी चितवनको खैरहनीमा जारी खिचरा महोत्सवमा गायिका माण्डवी त्रिपाठीलाई मात लागेको छ । महोत्सवमा गित गाउन आएकी त्रिपाठीले आफुलाई मात लागेको बताईन् । बास्तवमै उनलाई मात लागेको भने होइन । उनले “मात लाग्यो मात लाग्यो “ बोलको गित गाएकी मात्रै हुन् । महोत्सवको पाँचौ दिनमा आएकी उनले आधा दर्जन गित गाएर दर्शकलाई उफारिन् ।

उनले आफ्नो नयाँ गित पिपलुमा बरैको छाया सहित चर्चित गितहरु ढल्क्यो ढल्क्यो ,मात लाग्यो मात लाग्यो ,मेरो बारुलि कम्मर लचक्कै ,मनको तिर्का मेट्न,सिम्पल सिम्पल कान्छीको लगायतका गित गाएकी थिइन् । महोत्सव सुरु भएको पाचौं दिनमा पनि उल्लेख्य संख्यामा दर्शकको उपस्थित रहेको थियो । महोत्सवमा आएका दर्शकलाई गायक सञ्जय चौधरी ,अवधेश महतो, अञ्जन डल्लाकोटी, रोजिन पाण्डे ,इथोस ब्याण्ड, रत्ननगर डान्स एकेडेमी र जेवाईसीका डान्सरहरुको प्रस्तुती हेर्न पाए । त्यस्तै होस्टल रिटर्नको पि केड डनको रुपमा परिचित प्रदीपकुमार चौधरीले पनी आफ्नो कला देखाएका थिए ।

त्यससँगै थारु समुदायको थारु सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत भएको सांस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिए । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले सास्कृतिक कार्यक्रमसंगै थारु समुदायको परम्परागत खाना चिचर, माछा, घुंगी लगायतका परिकारहरुको स्वाद लिने गरेका छन् । महोत्सवमा रहेको बाल उद्यानमा दर्शकको राम्रै भिड लागेको छ । माघ ५ गते सम्म चल्ने महोत्सवमा करिब २५ लाखको आर्थिक कारोवार हुने आयोजकको अनुमान गरेको मुल आयोजक समितिका अध्यक्ष नारायणप्रसाद महतोले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका