चितवन, माघ ३-
नेकपा एमाले रत्ननगर १९ वडा कमिटीको आज सम्पन्न प्रथम अधिवेशनले कृष्ण चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा इन्दिरा नेपाल,सचिवमा सागर मिश्र र उपसचिवमा जयन्ती रिजाल चयन भएका छन । कमिटीको सदस्यहरुमा सुमन पौडेल,मधु नेपाल,छन्नु चौधरी,विष्णु महतो,रुद्र बहादुर मगर,युद्धमाया बस्नेत,निर्मला घिमिरे,लोकनाथ घिमिरे र सुर्यकान्त आचार्य रहेको छ ।
अधिवेशनमा पार्टीको संगठानिक सुधारमा भूमिका खेलेको भन्दै फुलमति चौधरी,विष्णु रिजाल सहित चार जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अबसरमा अन्य पाटी परित्यग गरी करिब ५० जना एमालेमा प्रवेश गरेका छन । पार्टीका बैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष तेजेन्द्र खडका,जिल्ला सदस्यहरु नारायण अधिकारी,राजाराम रेग्मी,रत्ननगर विशेष नगर इलाका कमिटी बछौलीका कार्यबहाक अध्यक्ष अशोक दराई लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम गोपी खरेलको अध्यक्षतामा भएको थियो ।