Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्ववियु चुनावमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न अनेरास्ववियुको माग – Gaule Khabar

स्ववियु चुनावमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न अनेरास्ववियुको माग

स्ववियु चुनावमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न अनेरास्ववियुको माग

काठमाडौं,माघ ३ –

एमाले निकट अनेरास्ववियुले आगामी फागुन १४ गते हुने स्ववियु चुनावमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्न माग गरेको छ ।

अनेरास्ववियुले आज त्रिबिलाई एक ज्ञापनपत्र बुझउदै स्ववियु चुनाव स्वतन्त्र र निश्पक्ष बनाउन भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिएको हो । विश्वविद्यालय केन्द्रीय शिक्षाध्यक्ष तथा विश्वविद्यालय केन्द्रीय स्ववियु निर्वाचन कमिटीका प्रमुख सुधा त्रिपाठीलाई बुझाइएको ५ बुँदे ज्ञापनपत्रमा सवै विद्यार्थी संगठनसँग छलफल गरेर निर्वाचनको कार्यक्रम र आरचारसंहिता सार्वजनिक गर्न माग गरिएको छ ।

यस्ता छन् अखिलका माग

– आगामी फाल्गुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । तर निर्वाचन कार्यक्रम सम्बन्धि तालिका सार्वजनिक भएको छैन । त्यसैले ढिलासुस्ती नगरी अविलम्ब निर्वाचन तालिका घोषणा गर्नुपर्दछ ।

– निर्वाचनलाई अनुशासित, मर्यादित र भयरहित ढंगबाट सञ्चालन गर्न उपयुक्त आचारसंहिता जरुरी पर्दछ, त्यसैले वैज्ञानिक निर्वाचन आचारसंहिता निर्माण गरी जारी गर्नुपर्दछ ।

– विश्वविद्यालय र क्याम्पसहरुको सम्पूर्ण ध्यान र शक्ति स्ववियु निर्वाचनतर्फ केन्द्रीत हुनुपर्ने भएकोले निर्वाचन सम्पन्न नहुदासम्म विश्वविद्यालयका कुनै पनि पदाधिकारीहरु र निर्वाचन हुने क्याम्पसका प्रमुखहरुलाई देशभित्र वा बाहिर आयोजना हुने कुनै पनि कार्यक्रमहरु वा गतिविधिहरुमा सहभागी हुन पूर्णरुपमा रोक लगाउनुपर्दछ ।

– स्ववियुको निर्वाचन विश्वविद्यालय तहका विद्यार्थीहरुका विचमा सम्पन्न हुने भएकोले निर्वाचनलाई प्रविधिमैत्री बनाउन यसै निर्वाचनबाट परम्परागत मतदान प्रणालीलाई हटाउँदै विद्युतिय प्रणालीबाट मतदान गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका