Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रपतिकी छोरीको बिहेको निम्तो मान्न शीतलनिवास पुगे पूर्वराजा – Gaule Khabar

राष्ट्रपतिकी छोरीको बिहेको निम्तो मान्न शीतलनिवास पुगे पूर्वराजा

राष्ट्रपतिकी छोरीको बिहेको निम्तो मान्न शीतलनिवास पुगे पूर्वराजा

काठमाडौं,माघ ३-

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको बिहेको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेश यादवसँग भएको हो ।विवाह समारोहमा उपस्थित हुन अभिषेश बरियात लिएर बिहान नौ बजे शितलनिवास पुगेका थिए । पूर्वराजा शाह भने केहीबेर शीतलनिवासमा बसेर फिर्ता भएका हुन् ।

मध्यान्ह पुगेका पूर्वराजा शाहले बेहुला बेहुली र राष्ट्रपतिलाई शुभकामना दिएका थिए । “राष्ट्रपति, बेहुला र बेहुली बसेको ठाउँमा पुगेर पूर्वराजाले शुभकामना दिनुभयो,” पत्रकार किरण नेपालले  भने, “केहीबेर बसेर चिया पिएर उहाँ बाहिरिनुभयो ।”पूर्वराजा शाहले लवीमा पुगेर शुभकामना दिएका थिए ।

त्यसपछि उनी राप्रपाका नेताहरु बसेको टेबलमा पुगेर केही बेर बसेर फर्किएका थिए । राप्रपाका नेताहरुसँग केहीबेर कुराकानी गरेर उनी त्यहाँबाट फर्किएका थिए ।

राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, लोकेन्द्र बहादुर चन्द लगायतका नेताहरु बसेको टेबलमा पुगेर केहीबेर बसेका थिए ।उनी त्यहाँ केहीबेर बसेर फिर्ता भएका थिए ।

तस्बिर- किरण नेपालको ट्विटरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका