मकवानपुर,माघ ३-
सडक विस्तारका क्रममा क्षति भएका घरहरुको मुआब्जाको माग गर्दै स्थानीयले आज हेटौंडा बजार बन्द गराएका छन् । बन्दले जनजीवन प्रभावित बनेको छ ।
सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मिटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिइएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् । सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि देखि नै बसोबास गर्दै आएको र राज्यलाई हाल सम्म पनि कर तिर्दै आएको र ती जग्गा निजी सम्पत्ति रहेकोले राज्यले लिनुपर्दा मुआब्जा दिनुपर्ने हेटौडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेले बताउनुभयो ।
केही दिनदेखि सडक डिभिजन कार्यालयले २५ मिटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने निजी घरटहरा हटाउन गरेको १५ दिने सूचनाको म्याद सोमवार सकएको छ ।