Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्न ऐन ल्याउँदै – Gaule Khabar

सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्न ऐन ल्याउँदै

सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्न ऐन ल्याउँदै

काठमाडौँ, माघ २ –

सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि ‘कर्मचारी समायोजन ऐन’ ल्याउने तयारी गरेको छ ।

अहिले भएका कर्मचारीलाई सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि ऐन ल्याउन थालिएको मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार ऐन ल्याउनका लागि परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । ऐनमा अहिले रहेका कर्मचारी तीनै तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । “ऐन बनेपछि सङ्घीय संरचनाअनुसार कर्मचारीलाई सरुवा गरिन्छ”– उहाँले भन्नुभयो, “समायोजनमा कार्यालय सहायकदेखि सचिवसम्मलाई सरुवा गर्ने व्यवस्था गर्न थालिएको छ ।”

मन्त्रालयले तीनै तहमा कति कर्मचारी आवश्यक रहन्छ भनी नमुना सङ्कलन गरी कर्मचारीको समायोजन गर्ने सहसचिवसमेत रहनुभएका न्यौपानेले जानकारी गराउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका